सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ गते २०८२

२०८२, भाद्र २ गते

18th Aug 2025

    सोमवार, भाद्र २ २०८२

रुचाइयो अभिमन्यु : च्याप्टर–१’को गीत ‘लड्की गोरी’

रुचाइयो अभिमन्यु : च्याप्टर–१’को गीत ‘लड्की गोरी’

भाद्र २, २०८२ सोमवार
भाद्र २, २०८२ सोमवार
  • रुचाइयो अभिमन्यु : च्याप्टर–१’को गीत ‘लड्की गोरी’

    चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘लड्की गोरी’ले दुई दिनमा १० लाख भ्युज पाएको छ । शुक्रबार रिलिज भएको गीतले दुई दिनमा १० लाख माथि भ्युज बटुलेको हो ।

    भोजपुरी लवजमा तयार भएको गीत डान्सिङ प्याटर्नमा छ । माजाले नाच्न मिल्ने गीत दर्शकले मन पराएका छन् । यो गीत मेला, महोत्सव तथा उत्सवहरूमा युवा जमातले दिल खोलेर नाच्ने खालको छ ।

    पछिल्लो समय डान्सिङ गीतहरू चलिरहेको समयमा यो प्यार्टनको गीत आउँदा दर्शकले खुला हृदयले स्वागत गरेको पाइएको छ । यो गीत तराई क्षेत्रमा थप मन पराउने निश्चित छ ।

    तराईमा भोजपुरी गीत बजाएर गाउने नाच्ने गरिएको अवस्थामा नेपाली शब्द नै रहेको यो लवजमा आएको गीत तराईमधेशसमा सदाबहार हुने सम्भावना उच्च छ ।

    गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । गीतमा आइटम डान्स जुना सुन्दासको छ । कोरियोग्राफी रोहन विश्वकर्माको छ ।

    चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ ।

    पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।

    सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।

    ‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

    जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार