सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ गते २०८२

२०८२, भाद्र २ गते

18th Aug 2025

    सोमवार, भाद्र २ २०८२

रुपन्देहीबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ

रुपन्देहीबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ

भाद्र २, २०८२ सोमवार
भाद्र २, २०८२ सोमवार
  • रुपन्देहीबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ

    रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-१२ भबई बस्ने ४३ वर्षीय प्रशुराम लोधलाई अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी सुक्रौलीआमाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

    यसैगरी रूपन्देही, गैडहवा गाउँपालिका-५ तेलेण्डिहवाबाट नियन्त्रित लागूऔषध प्रोक्सिको स्पास ३ सय ७० ट्याब्लेट सहित लुम्बिनी साँस्कृतिक नगरपालिका-६ सुण्डीहवा बस्ने २४ वर्षीय टोफिक अहमदलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले लुम्बिनीबाट मंगलपुरतर्फ आउँदै गरेको लु.१७ प ६४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार