शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

झुम्का कारागारबाट बलात्कार मुद्दाका कैदी फरार

झुम्का कारागारबाट बलात्कार मुद्दाका कैदी फरार

श्रावण २९, २०८२ बिहिवार
श्रावण २९, २०८२ बिहिवार
  • झुम्का कारागारबाट बलात्कार मुद्दाका कैदी फरार

    सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणी मुद्दाका कैदी फरार भएका छन् ।

    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति भागेका हुन् । जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको  थियो ।

    कारागारको पर्खाल नाघेर उनी फरार भएको जानकारी चौकीदारले कारागार प्रशासनलाई गराएका थिए । सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई अदालतले पुर्पक्षका लागि २०८१ साउन २१ गते कारागार चलान गर्न आदेश दिएको थियो । 

    घटनापछि सुरक्षाकर्मीहरूले उनको खोजी तीव्र पारेका छन् । साथै, कारागारभित्र थप सुरक्षा सतर्कता अपनाइएको छ ।प्रहरी र कारागार प्रशासनले घटनाको छानबिन सुरु गरेको जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार