शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

डोजरले खनेको खाल्डोमा डुबेर दाजु–भाइको मृत्यु

डोजरले खनेको खाल्डोमा डुबेर दाजु–भाइको मृत्यु

श्रावण २७, २०८२ मंगलवार
श्रावण २७, २०८२ मंगलवार
  • डोजरले खनेको खाल्डोमा डुबेर दाजु–भाइको मृत्यु

    नुहाउन पर्सामा रहेको डेढु खोला गएका दाजुभाइको डुबेर मृत्यु भएको छ । ठोरी गाउँपालिका–२ हनुमाननगरका ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयंश कठायतको डुबेर मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

    उनीहरु मंगलबार बिहान विद्यालय जानुअघि घर नजिकै रहेको उक्त खोलामा नुहाउन गएका थिए । नुहाउने क्रममा डोजरले खनेको खाल्डोमा परेका उनीहरुको तत्काल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

    पानीमा तैरिरहेको अवस्थामा स्थानीयले उद्दार गरी अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार