शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पोखरामा हरित तथा सहनशीलता वित्तीय सुविधा लगानी कार्यक्रम बारे छलफल

पोखरामा हरित तथा सहनशीलता वित्तीय सुविधा लगानी कार्यक्रम बारे छलफल

श्रावण २६, २०८२ सोमवार
श्रावण २६, २०८२ सोमवार
  • पोखरामा हरित तथा सहनशीलता वित्तीय सुविधा लगानी कार्यक्रम बारे छलफल

    एसियाली विकास बैङ्कको सहयोगमा पोखरा महानगरपालिका क्षेत्रमा हरित तथा सहनशीलता वित्तीय सुविधा लगानी कार्यक्रम सञ्चालनका लागि छलफल भएको छ । उक्त कार्यक्रमसँग सम्बन्धित विज्ञहरूको समूहले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल गरेको हो ।

    छलफलका क्रममा जलवायु परिवर्तनका असरहरूले जनजीवनमा पारेको प्रभाव न्यूनीकरण, वातावरणमैत्री पूर्वाधार निर्माण, खानेपानीको मुहानहरूको संरक्षण, व्यवस्थित भुउपयोग, मानव संसाधनको विकास लगायत विषयमा छलफल भएको छ ।

    सो क्रममा नगर प्रमुख आचार्यले पोखरा महानगरपालिका जलवायु परिवर्तनका कारण जनजीवन तथा वातावरणमा परेको असर प्रति सचेत रहेको उल्लेख गर्दै यसका प्रभावहरू न्यूनीकरण गर्नका लागि थप नीतिगत व्यवस्थाहरू गरी कार्यान्वयनको चरणमा रहेको बताए । यसका लागि पोखरा महानगरपालिकाको समग्र मापदण्ड र प्रथम पञ्चवर्षीय ऊर्जा योजना समेत तयार गरिएको उनले बताए ।

    उक्त टोलीमा विज्ञहरू डा.खडानन्द लम्साल, इन्जिनियर सुमन मेहर श्रेष्ठ, सहरी पूर्वाधार इन्जिनियर पाउल अब्बे र विज्ञ लुइस हेर्नानान्डो गोमेजको सहभागिता रहेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार