शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

साफ यू–१७ महिला च्याम्पियनसिप खेल्ने टिमको घोषणा

साफ यू–१७ महिला च्याम्पियनसिप खेल्ने टिमको घोषणा

श्रावण २५, २०८२ आइतवार
श्रावण २५, २०८२ आइतवार
  • साफ यू–१७ महिला च्याम्पियनसिप खेल्ने टिमको घोषणा

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा हुने साफ यू–१७ महिला च्याम्पियनसिप खेल्ने टिमको घोषणा गरेको छ । आइतबार एन्फाले २३ सदस्यीय महिल यू-१७ टिमको घोषणा गरेको हो । 

    अगस्त २० देखि ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिदै छन् । हरेक देशले एक अर्काविरुद्ध २-२ खेल खेलेपछि शिर्ष स्थानमा रहने टिम विजेता बन्ने छ । 

    नेपालले यस प्रतियोगितामा अगस्त २० मा भारतसँग, अगस्त २२ मा भुटानसँग, अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ । 

    नेपाली खेलाडी

    गोलकिपर: झरना दुमराकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ ।

    डिफेन्डर: दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्शु डोल्मा लो, पुर्णिमा ताडी, अनु माझी, मिन माया श्रेष्ठ र अंशु विक ।

    मिडफिल्डर: डिकी स्यान्गो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा विक,  बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सिर्जना बडुवाल ।

    फरवार्ड:  अस्मिता मगर, यम कुमारी विक, अनिता राना मागर र दिक्षा रानपाल ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार