शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कैलाली कारागार झडप: गम्भीर घाइतेलाई उपचारका लागि काठमाण्डौं ल्याइँदै

कैलाली कारागार झडप: गम्भीर घाइतेलाई उपचारका लागि काठमाण्डौं ल्याइँदै

श्रावण २४, २०८२ शनिवार
श्रावण २४, २०८२ शनिवार
  • कैलाली कारागार झडप: गम्भीर घाइतेलाई उपचारका लागि काठमाण्डौं ल्याइँदै

    कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप प्रकरणलाई गृह मन्त्रालयले परिस्थितीलाई सहज बनाउन गम्भीरता पुर्वक सुक्ष्म रुपले हेरिरहेको छ ।

    कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीबिच झडप भएर एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि शनिबार गृहमन्त्री रमेश लेखकले गृहसचिब सहित तीन वटा सुरक्षा निकायका प्रमुखसित घटनाको समग्र अवस्थाबारे जानकारी लिनुका साथै परिस्थिती सहज बनाउने विषयमा छलफल गरेका छन् ।

    छलफलमा सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेका एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाण्डौं ल्याउने तयारी गरिएको छ । त्यसका लागि गृह मन्त्रालयले सुर्खेतमा रहेको नेपाली सेनाको स्काइ ट्रक धनगढी पढाइसकेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

    उनले भने- 'कारागारको पुर्ण सुरक्षा र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पार्नेछन् । झडपमा परी घाइते भएका अन्य घाइतेहरुको उपचारको प्रवन्ध मिलाइएको छ ।' बैठकमा कारागारको आन्तरिक सुरक्षा लगायतका विषयमा छलफल भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार