शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नाक्चेलाग्ना नाका दुई साताका लागि खुल्ने

नाक्चेलाग्ना नाका दुई साताका लागि खुल्ने

श्रावण २४, २०८२ शनिवार
श्रावण २४, २०८२ शनिवार
  • नाक्चेलाग्ना नाका दुई साताका लागि खुल्ने

    नेपाल–चीन सीमामा पर्ने मुगुको उत्तरी क्षेत्र नाक्चेलाग्ना नाका दुई साताका लागि खुल्ने भएको छ । कोरोना महामारीले थलापारे पछि बन्द रहेको नाक्चेलाग्ना नाका  गत वर्ष झैँ यस वर्ष पनि  साउन २५ गते देखि भदौ ७  गते सम्म सञ्चालमा आउने भएपछि मुगु बासी र चिनीयाँ नागरिकहरु बीच दैनिक उपभोग्य बस्तुलगायत अन्य बस्तुको कारोवार हुने भएको छ ।

    चिन र मुगुको कार्मारोङ गाउँपालिकाको साझा सहमतिमा गृह मन्त्रालयको निर्देशन अनुसार चिनको स्वशासित क्षेत्र ह्यजिमारमा दुई पक्षीय व्यापार मेलाका लागि नाका खुला हुन लागेको हो । यस क्षेत्रमा नेपालको तर्फ बाट ब्यापार गर्न जानको लागी नेपालीहरुले अनुमती पत्र लिनु पर्ने व्यवस्था छ । हाल सम्म २०३ जनाले नयाँ अनुमती र २६७ जनाले पुरानै अनुमती पत्रलाई नविकरण गरि ५१५ जनाले अनुमती पत्र लिएको मगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार त्यस क्षेत्रमा हुन सक्ने अवैध र आपराधिक गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त प्रहरी परिचालन गनरिने भएको छ ।

    नाक्चेलाग्ना नाका नेपाल चीन जोड्ने सबै भन्दा छोटो र सहज नाकाको रुपमा रहेको भएपनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन् । यद्यपी, विगतमा हरेक वर्षको भाद्र महिनामा पनि यो नाका करीब दुईसाताका लागि खुल्ने गरेको थियो । तर, कोरोना महामारीको समयमा बन्द भएर लामो समय सम्म खुल्न नसकेको नाका गत वर्ष देखि फेरी सञ्चालनमा आउन थालेको हो । दुई साताका लागि नाका सञ्चालनमा आउने भएपछि चीन तर्फको ह्याँजीमार बजारमा हाटबजार समेत लाग्ने भएको छ ।

    यद्यपी, नेपाल तर्फ सडक सञ्जालको अवस्था राम्रो नहँुदा स्थानियले हाट बजारमा किनेको सामान ल्याउन समेत ल्याउन समस्या भएको छ । स्थानियहरुले अहिले चौंरी, घोडा, याक, भेडाबाट सामान ढुवानि गर्ने गरेका छन् । ह्याँजीमारमा सञ्चालन हुने हाटबजार भने कम्तीमा पनि ३ देखि ६ महिनाको लागि सञ्चालन गर्न नेपाल सरकारले पहल गरिदिए राम्रो हुने त्यहाँका स्थानिय जनप्रतिनिधीहरुले बताएका छन् ।

    उक्त हाटबजारबाट मुगु, जुम्ला तथा हुम्लाका नागरिकले  आफूहरूलाई वर्षभरि चाहिने मैदा , चामल,  नुन, तेल छुर्पी, घिउ, विद्युतीय सामाग्री, जस्ता,पाता, सिमेन्ट  लगायतका निर्माण सामाग्री मिठाई, पेय पदार्थ,  लत्ता कपडा,  घरायसी सामग्री किनमेल गर्ने गर्दछन् । साथ स्थानिय व्यापारीले नेपाल बाट , जडीबुटी , यार्सा, काठका लौरी ,स्याउ, आरु, चुली लगाएथका फलफुल तरकारी लगायतका सामाग्रीहरु  चिनियाँ व्यापारी पक्ष सँग सामानमै साट्ने तथा बेच्ने गर्दछन् ।

    मुगुका स्थानिय ब्यापारी च्यावा लामाका अनुसार यो नाका वर्षको एक पटक मात्र खोलिने गरिन्छ । तर, कम्तीमा ३ देखी ६ महिनासम्म नाका सन्चालनमा आए पछि निकै राहात हुने उनको भनाई छ । अहिले स्थानिय व्यापारीले रसुवा नाका बाट काठमाडौ, नेपालगंन्ज हुँदै सुर्खेत हुँदै मुगुमा चर्काे मुल्य हाले सामान आयात गरिरहेको उनले बताए ।
    मुगुको सदरमुकाम गमगढी देखि नाक्चेलाना नाका जोड्ने ८७ किमी लामो सडक विस २०६३ सालदेखि निर्माण सुरु भएको भए पनि हाल सम्म १७ किलोमिटर मात्र ट्रयाक खोलिएको छ । यसका लागि हाल सम्म करीब १८ करोड रुपैयाँ खर्च भइसकेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार