शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कम्प्यूटर स्रोत संङ्केत चोरी गर्ने दुई जना पक्राउ

कम्प्यूटर स्रोत संङ्केत चोरी गर्ने दुई जना पक्राउ

श्रावण २४, २०८२ शनिवार
श्रावण २४, २०८२ शनिवार
  • कम्प्यूटर स्रोत संङ्केत चोरी गर्ने दुई जना पक्राउ

    कम्प्यूटर स्रोत संङ्केत चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका-५ घर भएका २६ वर्षीय सुजन कुमार महतो र ललितपुर, ललितपुर महानगरपालिका-४ धोबीघाट बस्ने धादिङ ज्वालामूखी गाउँपालिका-४ घर भएका २४ वर्षीय सुमन श्रेष्ठ रहेका छन् । 

    सफ्टवेयर कम्पनीको स्रोत संकेतमा अनाधिकृत पहुँच पुर्‍याई चोरी गरी पीडितको बौद्धिक सम्पत्तिमा आघात पुर्‍याउने मनसाय लिएको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

    उनीहरू उपर विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार