शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रहरीको गोली लागेर एक जनाको मृत्यु

प्रहरीको गोली लागेर एक जनाको मृत्यु

श्रावण २१, २०८२ बुधवार
श्रावण २१, २०८२ बुधवार
  • प्रहरीको गोली लागेर एक जनाको मृत्यु

    सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । मदिरा नियन्त्रण गर्ने क्रममा गए राति प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजगड गाउँपालिका–२ निवासी लालु यादवको रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ ।

    मदिरा भण्डार गरिएको ठाउँमा राति सर्च अप्रेसन चलाउँदा मदिरा तस्करसँग भएको झडपमा प्रहरीले चलाएको गोलीबाट यादवको मृत्यु भएको मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

    उनका अनुसार सीमा नजिकबाट भारी मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचना आएको थियो, सोही सूचना बमोजिम सर्च अप्रेसन चलाउँदा तस्कर र प्रहरीबीच झडप भएको हो ।

    उनीहरुले प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा प्रहार गर्न थालेपछि आत्मरक्षाको लागि प्रहरीले ७ राउण्ड गोली चलाएको चतुर्वेदी बताउँछन् । जस क्रममा यादवको तिघ्रामा गोली लागि घाइते भएका थिए ।

    अस्पतालमा उपचारको लागि लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्लाको राजगड गाउँपालिका–२ स्थित नेपाल–भारतको सीमामा सर्च अप्रेसन गर्दा तस्कर र प्रहरीबीच भीडन्त भएको थियो । उक्त ठाउँबाट प्रहरीले ८० कार्टुन विभिन्न ब्रान्डको रक्सी बरामद गरेको जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार