सशस्त्र प्रहरी बलका रिक्त २२ उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस भएका छन् ।
सोमबार बेलुका बसेको बढुवा समितिको बैठकले साधारण समूहतर्फ २२ जना एसपीमा बढुवाका लागि सूची प्रकाशन गरेको हो । यस्तै इन्जिनियरतर्फका डीएसपी मनोज बखुन्छे श्रेष्ठ पनि एसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।
सोमबार बसेको बढुवा समितिको बैठकले ४८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) मा र ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) मा पनि बढुवा गर्न सिफारिस गरेको छ । बढुवा उपर चित्त नबुझे ७ दिन भित्रमा उजुरी गर्न सकिने उल्लेख छ ।
एसपी बढुवा सिफारिस सूची
प्रतिक्रिया दिनुहोस्