शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

उर्मिला हायुको परिवार सिन्धुली फर्किदै

उर्मिला हायुको परिवार सिन्धुली फर्किदै

श्रावण १९, २०८२ सोमवार
श्रावण १९, २०८२ सोमवार
  • उर्मिला हायुको परिवार सिन्धुली फर्किदै

    पोखरा पुगेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का उर्मिला हायुको परिवार फर्किन तयार भएको छ ।  वडाध्यक्ष रविन्द्र श्रेष्ठले हायु परिवार सिन्धुली फर्किन तयार भएको जानकारी दिएका छन् । 

    साउन १२ गते सोमबार बिहान स्थानीयले हायु परिवार बेपत्ता भएको खबर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेपछि प्रहरीले खोजी गर्दा सोहि दिन राती पोखराको गगन गौडामा उनीहरुलाई फेला परेको थियो ।

    वडाअध्यक्ष श्रेष्ठले भनेका छन्- खुसीको खबर, सिन्धुलीको गोलन्जोर गापा वडा नम्बर ६ बाट बेपत्ता भएको १६ जना हायु परिवारहरुलाई आज पोखराको गगनगौडाबाट गोलन्जोर-६ फर्काउने तयारी हुदै ।'

    यसअघि वडा अध्यक्ष श्रेष्ठसहितका जनप्रतिनि गगनगौडा पुगेर उर्मिला हायुको परिवारलाई भेट गरेपनि उनीहरु फर्किन मानेका थिएनन् । वडा अध्यक्षसहितको टोलीले पोखरा जस्तो महँगो ठाउमा बस्न गाह्रो हुने भन्दै  स्थानीय र संघीय सांसदले समेत सहयोग गर्ने भएकाले फर्किन आग्रह गरेका थिए । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास विप्पर कटेरीबाट घर अलपत्र छोडेर हायु परिवार पोखरा पुगेको थियो । 

    वडा अध्यक्ष श्रेष्ठले छुट्टै स्थानमा घर बनाइदिने र वडाले नै शिक्षा, स्वास्थ्य र  रोजगारीको व्यवस्था गर्ने बताएका छन् । हायु परिवारले सो स्थानमा आफुहरुको स्वास्थ्य राम्रो नभएको, बच्चाहरु विरामी भइरहेको, खेतीपातीबाट हुने उब्जनीले तीन महिना पनि खान नपुग्ने अवस्था रहेकोले सो स्थान छोडेको बताएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार