शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा यात्रुवाहक बस दुर्घटना

मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा यात्रुवाहक बस दुर्घटना

श्रावण १८, २०८२ आइतवार
श्रावण १८, २०८२ आइतवार
  • मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा यात्रुवाहक  बस दुर्घटना

    मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत ऐना पहरामा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

    गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

    तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार घटनास्थलबाट दुई जनाको उद्धार गरिएको छ । बस मर्स्याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र थप यात्रुहरू पनि छन् कि भनेर खोजी जारी रहेको छ । बसमा कति यात्री सवार थिए भन्ने यकिन भइसकेको छैन ।

    यसअघि ७ भदौ २०८१ मा भारतीय तीर्थयात्री सवार बस ऐना पहराबाट मर्स्याङ्‍दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार