शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

किन थुनिन् थारु आयोगकी सदस्य मोदीले कार्यवाहक अध्यक्ष थारुलाई कार्यकक्षमै?

किन थुनिन् थारु आयोगकी सदस्य मोदीले कार्यवाहक अध्यक्ष थारुलाई कार्यकक्षमै?

श्रावण १८, २०८२ आइतवार
श्रावण १८, २०८२ आइतवार
  • किन थुनिन् थारु आयोगकी सदस्य मोदीले कार्यवाहक अध्यक्ष थारुलाई कार्यकक्षमै?

    थारु आयोगकी सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कार्य कक्षभित्रै थुनेकी छन् । एक महिनासम्मको हाजिरी एकै दिन गर्न खोज्दा कार्यवाहक अध्यक्षले रोकेपछि विवाद भएको आरोप छ ।

    कार्यवाहक अध्यक्षलाई कार्यकक्षमै थुनेर ढोकामा चाबी लगाएको फोटो मोदीले आफ्नै फेसबुकमा अपलोड गरेकी छन् । केहीबेरमा प्रहरी पुगेर कार्यालयको ताला भने खोलेको छ । उनी एक घण्टा कार्यकक्षमा थुनिएका थिए । त्यसपछि पुगेको प्रहरीले ताला खुलाएर कार्यबाहक सिंहलाई बाहिर निकालेको छ ।

    आयोगकी सदस्‍य शान्ति मोदी एक हप्ताको बिदा लिएर एक महिना गायब भएको र अहिले सबै हाजिरी गर्न पाउनु पर्छ भन्‍दै ढोकामा ताला लगाउन खोजेपछि विवाद बढेको आयोगका कार्यबाहक अध्यक्ष सुवोध सिंह थारूले बताएका छन् ।

    उनले भने, ‘उहाँ (माननीय शान्ति मोदी) एक हप्ताको बिदा लिनु भयो । हामीले दियौं । तर, उहाँ एक महिना बेपत्ता हुनुभयो । हामीले खोजीनीति गर्‍यौं । कुनै सम्पर्कमा आउनु भएन । अहिले उहाँ पूरै महिनाको हाजिरी गर्न दिनुपर्छ भनेर विवाद झिक्नु भयो । म कार्यकक्षमा काम गरिरहेका बेला बाहिरबाट ताला लगाइ दिनु भयो ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार