शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रेशमलाई थुनाउने बिष्टलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चले गर्‍यो सदर

रेशमलाई थुनाउने बिष्टलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चले गर्‍यो सदर

श्रावण १५, २०८२ बिहिवार
श्रावण १५, २०८२ बिहिवार
  • रेशमलाई थुनाउने बिष्टलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चले गर्‍यो सदर

    उच्च अदालत पाटनले सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने जिल्लाको आदेश सदर गरेको छ ।

    न्यायाधीशहरू सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले बिहीबार जिल्लाको आदेश सदर गरेको हो । उनलाई काठमाडौं जिल्ला अदालतले एक लाख धरौटीमा छोड्ने आदेश गरेको थियो ।


    नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न प्रहरीलाई अनधिकृत पत्र लेखेको पाइएपछि विष्ट पक्राउ परेका थिए । उनकै नक्कली पत्रका आधारमा चौधरी वैशाख १७ गते पक्राउ परेका थिए । तर, पछि पत्र नै अनधिकृत रहेको पुष्टि भएपछि चौधरी सोही दिन रिहा भएका थिए ।

    पछि उनीविरुद्ध सरकारी कागजात कीर्तेेको आरोपमा मुद्दा चलेको छ । त्यही मुद्दामा जिल्ला अदालत काठमाडौं उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो । ५ जेठमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश दिनबन्धु बरालले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।

    बिहीबार उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको इजलासले जिल्लाकै आदेश गरेको छ ।जिल्ला अदालतको आदेशविरुद्ध चौधरीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । विष्ट पनि निवेदन लिएर उच्च पुगेकोमा बिहीबार बेरितको भन्दै जिल्लाको आदेश सदर गरिदिएको हो ।

    mahi.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार