शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मधेश प्रदेशका पूर्व प्रमुख अहिराजविरुद्ध बलात्कार मुद्दा दायर

मधेश प्रदेशका पूर्व प्रमुख अहिराजविरुद्ध बलात्कार मुद्दा दायर

श्रावण १३, २०८२ मंगलवार
श्रावण १३, २०८२ मंगलवार
  • मधेश प्रदेशका पूर्व प्रमुख अहिराजविरुद्ध बलात्कार मुद्दा दायर

    मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

    नौं दिनअघि साउन ४ मा पक्राउ परेका झालाई प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

    अहिराजले परिवर्तिन नाम २६ परिसर (३२) ०८२–०८३ लाई बलात्कार गरेको जाहेरीका आधारमा अहिराजविरुद्ध मुद्दा दायर गरेको हो । आफूलाई २०८१ जेठ ४ मा काठमाडौंको नयाँ बानेश्वरस्थित कोठामा अहिराजले बलात्कार गरेको आरोप छ । डेरा कोठामा एक्लै बसेका बेला पूर्व चिनजानका अहिराजले आएर बलात्कार गरेको पीडितको बयान छ ।

    उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्मको सजाय मागदाबी गरिएको छ । त्यस्तै दफा २१९ कै उपदफा (३ क) को खण्ड ग बमोजिम प्रतिवादी अहिराजसँग ३ लाख रुपैयाँ जरिवानाको मागदाबी छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार