शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

केटाकेटी बिरामी भइरहेपछि थाकथलो छाडे उर्मिला हायूको परिवारले : प्रहरी

केटाकेटी बिरामी भइरहेपछि थाकथलो छाडे उर्मिला हायूको परिवारले : प्रहरी

श्रावण १३, २०८२ मंगलवार
श्रावण १३, २०८२ मंगलवार
  • केटाकेटी बिरामी भइरहेपछि थाकथलो छाडे उर्मिला हायूको परिवारले : प्रहरी

    सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    उर्मिला सहित उनका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए ।

    “हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उनीहरू जहाँ बसेको हो त्यही रहेका छन्, सामान्य सोधपुछ गरेर राखिएको छ”, उनले भने, “उनीहरू त्यहाँ कोठा खोजेर बसेका रहेछन् ।”

    घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूले प्रारम्भिक जानकारी दिएका प्रहरी प्रमुख विकले जनाए । उनीहरूकाबारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार