शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, दुई जना घाइते

बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, दुई जना घाइते

श्रावण १२, २०८२ सोमवार
श्रावण १२, २०८२ सोमवार
  • बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, दुई जना घाइते

    कपिलवस्तुमा बसको ठक्करबाट अटो रिक्सामा सवार दुई जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका–१ स्थित उमरीमा गए राति ग १ ख ९० १३ नम्बरको बसले लु १ ह ४१५४ नम्बरको अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रितेन्द्र सिंहका अनुसार दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रितबहादुर सुनार र १८ वर्षीया रविना राना रहेका प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा सिटी अस्पतालमा भैरहवामा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी पवित्रा सुनार तथा प्युठान घर भएका १८ वर्षीय शक्ति भण्डारीको सिटी अस्पतालमै उपचार भइरहेको छ । ठक्कर दिने बस र अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार