शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

चार राजमार्ग अवरुद्ध

चार राजमार्ग अवरुद्ध

श्रावण १२, २०८२ सोमवार
श्रावण १२, २०८२ सोमवार
  • चार राजमार्ग अवरुद्ध

    लगातारको बर्षा र पहिरोका कारण देशभरका चार राजमार्ग अवरुद्ध बनेका छन् । पहिरोका कारण अरनिको राजमार्ग र मध्य पहाडी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग अवरुद्ध भएको हो ।

    कोदारीस्थित अरनिको राजमार्गमा माथिबाट पहिरो झरेर बाटो पूर्णरूपमा अवरुद्ध भएको हो । जाजरकोट छेडागाड नगरपालिका–३ दंखेरी भिर गिट्टिखोलास्थित मध्य पहाडी राजमार्ग पूर्णरूपमा बन्द भएको छ । माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    यस्तै लगातारको वर्षाका कारण बाढी आउँदा तमोर करिडोरको पाँचथर–धनकुटा र मेची राजमार्गको पाँचथर खण्ड अवरुद्ध भएको छ । मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गत हेवा खोलामा बाढी आएर त्यहाँ निर्मित डाइभर्सनको सतह पार गरेपछि आइबार मध्यरातदेखि यो सडक अवरुद्ध भएको हो ।

    यस्तै तमोर करिडोरमा पर्ने नावा खोलामा बाढी आएपछि यो खण्डमा सवारी वारपार गर्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।

    उनका अनुसार तमोर करिडोरको नावा खोलामा रहेको झोलुङ्गे पुलबाट मोटरसाइकल भने आउ जाउ भइरहेका छन् । हेवा खोलामा भएको अवरोध पानीको सतह घटनासाथ डाइभर्सन मर्मत गरेर खुलाइने सडक डिभिजन इलामले जनाएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार