शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

‘उज्यालो नेपाल’ अभियान लिएर अमेरिका–युरोप भ्रमणमा कुलमान

‘उज्यालो नेपाल’ अभियान लिएर अमेरिका–युरोप भ्रमणमा कुलमान

श्रावण ९, २०८२ शुक्रवार
श्रावण ९, २०८२ शुक्रवार
  • ‘उज्यालो नेपाल’ अभियान लिएर अमेरिका–युरोप भ्रमणमा कुलमान

    नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ अमेरिका र युरोप यात्रामा निस्केका छन् । ‘उज्यालो नेपाल’ अभियानका नायक कुलमान घिसिङ एक महिने अमेरिका–युरोप यात्रामा निस्किएका हुन् ।

    शुक्रबार सामाजिक सञ्जालमा आफ्नो भ्रमणको कार्यतालिका सार्वजनिक गर्दै घिसिङले ‘उज्यालो नेपाल’ अभियान लिएर आफू आज अमेरिका प्रस्थान गरेको जानकारी दिएका हुन् । उनी यस भ्रमणमा अमेरिका, बेलायत र युरोपियन देशहरूको विभिन्न शहरहरूमा हुने कार्यक्रम तथा अन्तक्र्रियाहरूमा सहभागी हुने छन् । घिसिङ जुलाइ २५ देखि अगष्ट २६ सम्म वैदेशिक भ्रमणमा रहने छन् ।

    जुलाइ २५ देखि अगष्ट १० सम्म उनी अमेरिकामा रहनेछन् भने अगष्ट ११ देखि २५ सम्म युरोपका विभिन्न देशमा रहने छन् । अमेरिकामा रहँदा घिसिङ, न्यूयोर्क, बोस्टन, टेक्सास, वासिङटनका विभिन्न कार्यक्रममा सहभागी रहने छन् । त्यसपछि बेलायतको लण्डन, स्कटल्याण्ड, बेल्जियम, पोर्चुगलमा पनि पुग्ने छन् । उनी अगष्ट २६ मा स्वदेश फर्कने कार्यक्रम छ ।

    उनले विदेशमा रहने नेपाली डाएस्पोराका दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट तथा अनुभव साटासाट गर्ने समेत बताएका छन् । यसअघि पनि घिसिङ मध्यपूर्व देशहरू ओमन, यूएई, कतारलगायतका देशहरू घुमेर आएका थिए ।

    यस्तो छ घिसिङको भ्रमण कार्यतालिका

    k(2).jpeg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार