शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

समस्याग्रस्त घोषित सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न समय

समस्याग्रस्त घोषित सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न समय

श्रावण ९, २०८२ शुक्रवार
श्रावण ९, २०८२ शुक्रवार
  • समस्याग्रस्त घोषित सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न समय

    समस्याग्रस्त घोषित सहकारी संस्थाका सम्पूर्ण ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न भन्दै सूचना जारी गरिएको छ । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै भदौ मसान्तसम्म ऋण चुक्ता गर्न सयम दिदै अन्यथा ऋण असुलीका लागि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ । 

    बागमती सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई कर्जा रकमको साँवा तथा ब्याज भदौ ३१ भित्र उक्त समितिको बैंक खातामा बुझाउन भनिएको छ ।

    सुचनामा भनिएको छ- 'बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित गरिएका तपसिलमा उल्लेखित सहकारी संस्थाका ऋणीहरुले सो संस्थाबाट उपभोग गर्नुभएको ऋण कर्जा रकमको साँवा तथा व्याज रकम फरफारको लागि पटक पटक सूचना प्रकाशित गरिएको र फोनबाट पनि आफ्नो ऋण तिर्नको लागि जानकारी गरिसक्दा पनि ऋणीहरु सम्पर्कमा नआएको हुँदा आफूले तिर्नु/बुझाउनु पर्ने ऋण रकम मिति २०८२ भाद्र ३१ गतेभित्र यस समितिको बैंक खातामा बुझाएको हकमा सो को व्याज गणना र हर्जनाको हिसाब सम्बन्धित सहकारी समस्याग्रस्त घोषणा हुनु भन्दा अघिल्लो दिनलाई आधार मानिने तथा २०८२ भाद्र मसान्त सम्म पनि ऋण रकम चुक्ता गर्न नआउने ऋणीहरुको हकमा ऋण चुक्ता गर्ने मितिको अघिल्लो दिनसम्म आधार मानि साँवा, व्याज र हर्जना रकम गणना गरी ऋण असुली गर्ने समितिको निर्णय भएकोले ऋण फरफारक गर्न यस कार्यालयमा अविलम्ब सम्पर्क गर्नुहुन सम्पूर्ण ऋणीहरुलाई जानकारी गराईन्छ । अन्यथा ऋण असुली सम्बन्धी आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइने व्यहोरा सम्बन्धित सबै सरोकारवालाहरुमा जानकारी गराईन्छ ।'

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार