शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रेशम चौधरीको रञ्जितालाई सन्देश- आरोप बारे केन्द्रीय समितिमा जवाफ दिनुस्, भाग्न पाउनुहुन्न

रेशम चौधरीको रञ्जितालाई सन्देश- आरोप बारे केन्द्रीय समितिमा जवाफ दिनुस्, भाग्न पाउनुहुन्न

श्रावण ९, २०८२ शुक्रवार
श्रावण ९, २०८२ शुक्रवार
  • रेशम चौधरीको रञ्जितालाई सन्देश- आरोप बारे केन्द्रीय समितिमा जवाफ दिनुस्, भाग्न पाउनुहुन्न

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरीले आफूमाथि लागेका आरोप केन्द्रीय समितिको बैठकमा आएर दिनुपर्ने बताएका छन् ।

    चौधरीले भिडियो सन्देश जारी गर्दै रञ्जितालाई तपाइँ भाग्न नपाउने र आफूमाथि लागेको आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्ने बताएका हुन् । 

    रञ्जिता कास्कीको लिचीबारी जग्गा प्रकरणमा बिचौलिया बनेर मन्त्रीलाई घुस खुवाएको पाइएपछि हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेकी छन् ।

    चौधरीले भनेका छन्- 'अध्यक्षले बैठक बैधानिक छैन भनेको सुनेको छु, यसो भनेर अध्यक्ष जी पन्छिन पाउनु हुन्न । साथीहरुले बैठक बोलाउनु भएछ, के कारणले बैठक बोलाउनु भएछ, उहाँले सोधीखोजी गर्नुपर्छ । उहाँ अध्यक्ष भइसके पछाडि हरेक सदस्य उहाँको परिवार हो । उहाँसँग प्रतिशोधको भावना राख्नु गलत कुरा हो ।’

    चौधरीले अहिलेको परिस्थिति अध्यक्षको कारणले भएको भन्दै केन्द्रिय सदस्यमा आएर जवाफ दिनुपर्छ र पार्टीलाई बन्धक बनाउन नपाइने बताएका छन् ।

    उनले केन्द्रीय समितिको बैठक आफुले सुझाव दिएर बोलाइएको भन्दै आफु निकासको बाधक नभएको बताए । उनले आफुलाई संरक्षक बनाइएको र पार्टीमा भूमिका विहिन बनेको गुनासो समेत गरेका छन् । उनले पार्टीमा समस्या भए पार्टीमा छलफल गर्न सबैलाई आग्रह गरेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार