शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कृषि अनुदान हत्याउन जीवितलाई मृत्त घोषणा, दुई कर्मचारी पक्राउ

कृषि अनुदान हत्याउन जीवितलाई मृत्त घोषणा, दुई कर्मचारी पक्राउ

श्रावण ८, २०८२ बिहिवार
श्रावण ८, २०८२ बिहिवार
  • कृषि अनुदान हत्याउन जीवितलाई मृत्त घोषणा, दुई कर्मचारी पक्राउ

    दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका छोरासहित दुई जना कर्मचारी सरकारी कागजात कीर्ते र अपराधिक विश्वासघात (जालसाजी) अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी छन् ।

    जनकसिंह नगर प्रमुख विजयसिंह धामीका छोरा हुन् । जिल्ला अदालतबाट अनुमति लिएर बुधबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्रबहादुर रावलले बताए।

    उनका अनुसार उनीहरुमाथि जालसाजी र सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान भइरहेको छ । कृषि शाखा प्रमुख विष्ट र भेटेरिनरी प्राविधिक धामीले मालिकार्जुन अगुवा कृषक समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीलाई मृत देखाएर झुटा कागजात तयार गरेका थिए ।

    समूहको निष्क्रिय बैंक खाता सक्रिय बनाएर ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमको रकम निकाल्ने तयारी भइरहेको अवस्थामा घटना बाहिर आएको थियो । कृषि शाखा प्रमुख विष्टले ग्लोबल आईएमई बैंक, गोकुलेश्वर शाखामा पत्राचार गरी समूहको खाताबाट जानकी र मञ्जुको सट्टा अध्यक्ष जनकसिंह धामी र सचिव बसन्ती बोहराको हस्ताक्षर मान्य गरिदिन अनुरोध गरेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार