शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भूमि विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले शंका उब्जायो: डा. शेखर कोइराला

भूमि विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले शंका उब्जायो: डा. शेखर कोइराला

श्रावण ७, २०८२ बुधवार
श्रावण ७, २०८२ बुधवार
  • भूमि विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले शंका उब्जायो: डा. शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भूमि विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले शंका उब्जाएको टिप्पणी गरेका छन् ।

    सामाजिक सञ्जालमा लेख्दै डा. कोइरालाले भूमीसुधारमन्त्रीले  अझै राजिनामा नदिई पदमै भईरहैको स्थितिमा भूमी विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रसस्त शंका उव्जाएको उल्लेख गरेका हुन् । 

    उनले कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो नभएको उल्लेख गर्दै पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र विचौलिया माथि निष्पक्ष छानविन गर्नुपर्ने बताएका छन् ।

    उनले भनेका छन्- पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमीसुधार) अझै राजिनामा नदिई पदमै भईरहैको स्थितिमा भूमी विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रसस्त शंका उव्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न । नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन । पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र विचौलिया माथि निष्पक्ष छानविन गरौं, भूमी विधेयकमा समितिमा गहन छलफल गरौं ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार