शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भारतको अनुदानमा पाँच सामुदायिक विकास परियोजना सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर

भारतको अनुदानमा पाँच सामुदायिक विकास परियोजना सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर

श्रावण ५, २०८२ सोमवार
श्रावण ५, २०८२ सोमवार
  • भारतको अनुदानमा पाँच सामुदायिक विकास परियोजना सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर

    भारत सरकारको अनुदान सहयोगमा नेपालमा पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालनको सहमति पत्रमा हस्ताक्षर गरिएको छ । 

    सोमबार काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित कार्यान्वयन निकायहरूबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    परियोजनाको कुल लागत ३९ करोड रहेको छ । यी परियोजनामार्फत धनुषा, पर्सा, अछाम, बारा र मनाङ जिल्लामा विद्यालय तथा अस्पताल भवनको निर्माण गरिनेछ । 

    जसमा धनुषाको बटेश्वर गाउँपालिका–३ मा जनशक्ति माध्यमिक विद्यालय, पर्साको पोखरिया नगरपालिकामा महोवनी पद्म माध्यमिक विद्यालय, अछामको मेल्लेख गाउँपालिकामा बासुकी माध्यमिक विद्यालयको भवन निर्माण हुने छ भने बाराको प्रसौनी गाउँपालिका–२ मा बेंगा साह माध्यमिक विद्यालयको नयाँ भवन, छात्रावास र पुस्तकालय निर्माण गरिने छ । त्यस्तै मनाङको नासोँ गाउँपालिका–५ मा पाँच शय्याको अस्पताल भवन निर्माण गरिनेछ । 

    यी सबै परियोजनाहरू नेपाल सरकारका स्थानीय निकाय र सम्बन्धित संस्थाहरूको सहकार्यमा कार्यान्वयन हुने बताइएको छ । भारत सरकारले सन् २००३ देखि नेपालमा ५७९ वटा सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ । जसमध्ये ४९६ परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी विभिन्न चरणमा रहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार