शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

काँग्रेसका सात पुर्व पदाधिकारीको बैठकमा के-के भयो ?

काँग्रेसका सात पुर्व पदाधिकारीको बैठकमा के-के भयो ?

श्रावण ५, २०८२ सोमवार
श्रावण ५, २०८२ सोमवार
  • काँग्रेसका सात पुर्व पदाधिकारीको बैठकमा के-के भयो ?

    नेपाली कांग्रेसका सात पुर्व पदाधिकारीको छलफल सकिएको छ । प्रकाशमान निवास चाक्सीबारीमा सोमबार अपराहन्न भएको छफलमा देशको समसामयिक राजनीतिको बारेमा छलफल गरेको कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले जानकारी दिएका छन् ।

    सिटौलाले सरकारले अझ प्रभावकारी रुपमा काम गर्नुपर्ने, गठबन्धन बन्दा गरिएको संबिधान संशोधनको काम अगाडी बढाउनुपर्ने जस्ता विषयमा छलफल भएको बताए ।

    उनले भने- 'हाम्रो मान्यता के रहेको छ भने, सरकारले अझ प्रभावकारी रुपमा जनताको पक्षमा काम गर्नुपर्छ भनेर प्रकाशमान सिंहलाई भनेका छौं, उहाँले प्रधानमन्त्रीसँग कुरा गर्नुहुन्छ । सरकारले गठबन्धनको भावना बमोजिम प्रभावकारी ढंगले काम गर्नुपर्छ भन्ने विषयमा छलफल गर्यौं ।'

    नेता सिटौलाले संबिधान संशोधनको काम अझै अगाडी नबढेको बारे भने- 'संबिधानको कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्ने सरकारको नीति तथा कार्यक्रममा पनि छ, हाम्रो पार्टीले पनि निर्णय गरेको छ, सरकार बन्दाखेरी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको समझदारीको महत्वपूर्ण बुँदा हो । यो कार्य अहिलेसम्म अगाडी बढेको छैन र यसलाई अगाडी बढाउनु पर्छ । त्यसका लागि नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुने गरि छलफल र बहस चलाउनु पर्छ । हामीले यस बारेमा सभापति देउवालाई भेटेर जानकारी गराउछौं ।'

    साथै सिटौलालाई डा. शेखर कोइरालाले प्रचण्डलाई भेटेको बारे सोधिएको प्रश्नको जवाफ दिदै यो गठबन्धनको सरकार हो, गठबन्धनको भावना सरकारले कायम गर्नु पर्छ र यो गठबन्धन ८४ को चुनावसम्म जाने बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार