शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विद्यादेवी भण्डारीसँग भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ

विद्यादेवी भण्डारीसँग भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ

श्रावण ५, २०८२ सोमवार
श्रावण ५, २०८२ सोमवार
  • विद्यादेवी भण्डारीसँग भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ

    नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट बारे केन्द्रीय कमिटीको बैठकमा ब्रिफिङ गरेका छन् ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आइतबार पूर्वराष्ट्रपति भण्डारीसँग भएको भेटवार्ताबारे जानकारी गराएको एक केन्द्रीय सदस्यले जानकारी दिए । 

    बैठकमा ओलीले राष्ट्रपतिजस्तो उच्च पद र सेनाको परमाधिपति भैसकेर फेरी राजनीति आउनुले राम्रो सन्देश नजाने आफुले स्पष्ट गरेको बताएका थिए । साथै ओलीले पूर्वराष्ट्रपतिकै रुपमा सम्मानित रुपमा बस्न ठीक हुने सुझाव दिएको बैठकमा जानकारी गराएका थए  ।  भण्डारीले आफ्नो सुझावमा विचार गर्ने जवाफ दिएको ओलीले बैठकमा बताएका छन् । 

    साथै बैठकमा ओलीले भण्डारीसँग कुनै विवाद नरहेको बताउदै अब भण्डारीको सदस्यता बारे यहि बैठकले निर्णय गरोस् भनेका थिए । सो भेटमा भण्डारीले आफ्नो सदस्यताको विषय बारे ओलीसँग जवाफ मागेको बताइएको छ । जवाफमा ओलीले अहिले सदस्यताको विषय भन्दा पनि पुर्वराष्ट्रपति राजनीतिमा आउन हुन्छ या हुदैन भन्ने प्रश्न रहेको जवाफ दिएका थिए  । 

    यस अघि आइतबार अध्यक्ष ओलीसँग भेट गरेपछि भण्डारीले आफ्नो सदस्यता धेरै पहिला नवीकरण भएको बताएकी थिइन्  ।

    आजदेखि शुरु भएको एमालेको केन्द्रीय कमिटी बैठक भोलीसम्म चल्ने बताइएको छ । बैठकले यसअघि सचिवालय र पोलिटब्युरो बैठकले अनुमोदन गरेको उपाध्यक्ष विष्णु पौडेलले प्रस्स्तुत गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव, महासचिव शंकर पोखरेलले पेश गरेको पार्टीको सङ्गठनात्मक प्रस्तावमाथि छलफल हुने र अनुमोदन गर्ने छ ।

    एमालेले प्रस्तावित विधानमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ भने पार्टीमा स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने र केन्द्रीय कमिटी २५१ सदस्यीय हुने प्रस्ताव गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार