शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

शेखर कोइराला दलको नेता बन्ने सम्भावना छैन: राजन केसी

शेखर कोइराला दलको नेता बन्ने सम्भावना छैन: राजन केसी

श्रावण ३, २०८२ शनिवार
श्रावण ३, २०८२ शनिवार
  • शेखर कोइराला दलको नेता बन्ने सम्भावना छैन: राजन केसी

    सत्तारुढ नेपाली कांग्रेसका नेता राजन केसीले डा. शेखर कोइराला अहिले पार्टी संसदीय दलको नेता बन्ने सम्भावना नभएको दाबी गरेका छन् ।

    कांग्रेस–एमाले गठबन्धनको सरकार ढाल्न शेखर कोइरालालाई प्रधानमन्त्री बन्ने गरी नयाँ समीकरणको गृहकार्य भइरहेको चर्चाबीच उनले यस्तो दावी गरेका हुन् ।

    काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘हाम्रो दलको विधानले प्रधानमन्त्री हुनको लागि संसदीय दलको नेता हुनुपर्छ । पार्टीमा त जो पनि दलको नेतामा आउन सक्छ । दलको नेता बन्न अहिले उहाँ (शेखर) को सम्भावना देख्दिनँ । उहाँले प्रयास गर्न पाउनु हुन्छ, त्यसो त मैले पनि प्रयास गर्न पाउँछु।’

    उनले २५ प्रतिशत सांसदहरूले दलको नेता फेर्ने प्रस्ताव गरेर निर्वाचन हुनसक्ने भन्दै संख्या भए प्रयोग गर्न सक्ने समेत बताएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार