शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

महात्मा गान्धीको दुर्लभ चित्र २ लाख डलरमा लिलामी

महात्मा गान्धीको दुर्लभ चित्र २ लाख डलरमा लिलामी

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • महात्मा गान्धीको दुर्लभ चित्र २ लाख डलरमा लिलामी

    महात्मा गान्धीको एउटा दुर्लभ चित्र लन्डनमा २ लाख ४ हजार ६४८ डलरमा लिलामी भएको छ ।

    यो रकम लिलामी घर बोनह्याम्सको अनुमानभन्दा धेरै बढी हो । पहिले यो तस्वीर ६७ हजार डलरदेखि ९४ हजार डलरसम्म लिलामी हुन सक्ने अनुमान गरिएको थियो ।

    यो तस्वीर सन् १९३१ मा महात्मा गान्धीले लन्डन भ्रमण गर्दा बेलायती कलाकार क्लेयर लेइटनले बनाएका थिए । बोनह्याम्सका अनुसार, यो एक मात्र ओइल पेन्टिङ हो, जसको लागि गान्धी आफैंले पोज दिएका थिए । 

    गान्धीले भारतमा ब्रिटिश शासन विरुद्ध अहिंसात्मक आन्दोलनको नेतृत्व गरे र उनका सिद्धान्तहरूले विश्वभरका लाखौं मानिसहरूलाई प्रेरित गरे । यो तस्वीर सन् १९३१ मा गान्धीको लन्डन भ्रमणको क्रममा बनाइएको थियो, जब उनी भारतको लागि संवैधानिक सुधार र स्वशासनको मागहरू छलफल गर्न आयोजित दोस्रो गोलमेच सम्मेलनमा भाग लिन गएका थिए ।

    यो चित्रकला १९८९ मा अमेरिकामा उनको मृत्यु नहुँदासम्म लेइटनको संग्रहमा रह्यो र पछि उनको परिवारलाई हस्तान्तरण गरियो । बोनह्याम्सले चित्रकला कसले किनेको हो भनेर बताएको छैन । यो अब सार्वजनिक प्रदर्शनमा राखिन्छ वा राखिदैन भन्ने पनि स्पष्ट गरिएको छैन ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार