प्रमुख सत्तारुढ नेकपा (एमाले) ले अबदेखि संगठित सदस्यता वितरणका क्रममा परीक्षा लिने भएको छ ।
एमाले संगठन विभागको मंगलबार च्यासलमा बैठकले यस्तो प्रस्ताव पारित गरेको हो । संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार महासचिव शंकर पोखरेल र संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको उपस्थितिमा बसेको बैठकले यो निर्णय लिएको हो ।
‘पार्टी सदस्यहरूमा एमालेबारे आधारभूत जानकारी परीक्षण गर्नका लागि पार्टी सदस्य वितरणपूर्व अनिवार्य परीक्षा गर्ने प्रस्ताव पारित गरिएको छ’, उनले भने, ‘त्यसैगरी देशभरका मतदाताको ६ प्रतिशत पार्टी सदस्य संख्या पुर्याउने प्रस्ताव पनि बैठकले पारित गरेको छ ।’
प्रतिक्रिया दिनुहोस्