शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भारतीय बजारमा टेस्लाको प्रवेश, मुम्बईमा खुल्यो पहिलो शोरुम

भारतीय बजारमा टेस्लाको प्रवेश, मुम्बईमा खुल्यो पहिलो शोरुम

आषाढ ३१, २०८२ मंगलवार
आषाढ ३१, २०८२ मंगलवार
  • भारतीय बजारमा टेस्लाको प्रवेश, मुम्बईमा खुल्यो पहिलो शोरुम

    एलन मस्कको प्रसिद्ध विद्युतीय कार निर्माता टेस्ला आधिकारिक रूपमा भारतमा प्रवेश गरेको छ । मंगलबार, मुम्बईको बीकेसीमा टेस्लाको पहिलो शोरूम सुरु गरिएको हो । टेस्लाको शोरूम मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्सको मेकर म्याक्सिटी मलमा खुलेको हो । 

    टेस्लाले अहिले भारतमा कारहरू उत्पादन भने गर्ने छैन । टेस्लाले भारतमा केहि महिना अघि अघि नै कर्मचारीहरू भर्ती गर्न थालेको थियो, त्यसपछि टेस्ला भारतीय बजारमा प्रवेश गर्ने बारे छलफल सुरु भएको थियो । 

    टेस्लाका सीईओ मस्कले पनि पहिले भारतमा लगानी गर्ने इच्छा व्यक्त गरिसकेका छन्, तर उनले भारतमा लगाइएको उच्च आयात करलाई सबैभन्दा ठूलो समस्याको रूपमा उल्लेख गरेका थिए । यद्यपि, भारत सरकारले हालै नयाँ ईभी नीति घोषणा गर्दै विश्वव्यापी ईभी कार निर्माताहरूलाई धेरै सुविधाहरू र कम आयात कर प्रदान गरेको छ । यस्तो अवस्थामा, टेस्लाले आगामी समयमा भारतमा ईभी निर्माणको क्षेत्रमा पनि प्रवेश गर्न सक्ने सम्भावना रहेको छ ।

    टेस्लाले भारतमा विश्वमै सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक एसयूभी मोडल वाई भारतमा लन्च गरेको बताइएको छ ।

    यो एसयुभी टेस्लाको मोडेल ३ मा आधारित छ, तर यसको प्यानोरामिक गिलासको छाना र स्पोर्टी कूप जस्तो प्रोफाइल रहेको छ । बाहिरबाट हेर्दा, यो कार एकदम सरल देखिन्छ । यसमा फ्लश डोर ह्यान्डलहरू, स्लिम हेडल्याम्पहरू र एरोडायनामिक आकारको रहेको छ । यसको भारतमा शुरुवाती मुल्य ६० लाख भारु रहेको छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार