शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

आषाढ ३०, २०८२ सोमवार
आषाढ ३०, २०८२ सोमवार
  • अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

    बीपी राजमार्गमा पर्ने काभ्रेको माम्ती खोलामा खसेको पहिरो हटाएपछि आज (सोमबार) बिहानबाट गाडी चल्न थालेका छन् । आइतबार राति साढे १० बजेतिर वर्षासँगै आएको भेलले सडक कटान गर्दा रोसी गाउँपालिका– ११ माम्तीमा रातभर सवारी साधन अवरुद्ध भएका थिए ।

    बाढीले कटान गर्दा अवरुद्ध बनेको सडक २ वटा जेसीभीको सहायतामा मर्मत गरेपछि आज बिहान ६ बजेबाट गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । माम्तीमा अहिले दुईतर्फी नै गाडीहरू चलिरहेका छन्।

    त्यस्तै रोशी गाउँपालिका– ९ पिन्थली, रोसी ९ कै बिरुवाडाँडा र कालढुङ्गामा पनि पहिरो खसेर अवरुद्ध भएको बीपी राजमार्गमा गाडीहरु चल्न थालेका प्रहरीले जनाएको छ। जेसीभीको सहायतमा तीनै ठाउँको पहिरो हटाएपछि गाडी चल्न थालेका हुन्।

    गत असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो भने असार २५ गते मंगलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार