शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

साइकल यात्रुलाई जोगाउँदा मोटरसाइकल दुर्घटना, गयो पत्रकार बस्यालको ज्यान

साइकल यात्रुलाई जोगाउँदा मोटरसाइकल दुर्घटना, गयो पत्रकार बस्यालको ज्यान

आषाढ ३०, २०८२ सोमवार
आषाढ ३०, २०८२ सोमवार
  • साइकल यात्रुलाई जोगाउँदा मोटरसाइकल दुर्घटना, गयो पत्रकार बस्यालको ज्यान

    नेपाल पत्रकार महासंघका पूर्व केन्दीय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) को आइतबार मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव डीएसपी चक्र डमर पालका अनुसार शिक्षण अस्पताल नेपालगञ्जमा उपचारको क्रममा उनको राति मृत्यु भएको हो।

    हुलाकी सडकको सोही पालिका–८ स्थित गणेश चोकमा मोटरसाईकल अनियन्त्रित भई पछाडि बसेका बस्याल गम्भीर घाइते भएका थिए। साइकल यात्रुलाई जोगाउँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो,’ उनले भने।

    मोटरसाइकल चालक विष्णु पौडेल घाईते भई गुलरियामा उपचार भइरहेको छ । बारबर्दिया नगरपालिका–४ का साइकल यात्रु प्रदिप थारु सामान्य घाइते भई उपचार पछि घर फर्केको प्रहरीले जनाएको छ। ५७ वर्षीय बस्याल दुई कार्यकाल पत्रकार महासंघ, बर्दियाका अध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्ष बनेका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार