प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (सोमबार) संसदलाई सम्बोधन गर्ने भएका छन् ।
प्रचण्डले भोलिको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने जानकारी दिँदै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पार्टीका सबै सांसदलाई अनिवार्य बैठकमा उपस्थित हुन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेलाई बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्