शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रहरी जनताको लोकप्रिय संस्थाका रुपमा विकास हुदैछ: गृहमन्त्री लेखक

प्रहरी जनताको लोकप्रिय संस्थाका रुपमा विकास हुदैछ: गृहमन्त्री लेखक

आषाढ २९, २०८२ आइतवार
आषाढ २९, २०८२ आइतवार
  • प्रहरी जनताको लोकप्रिय संस्थाका रुपमा विकास हुदैछ: गृहमन्त्री लेखक

    प्रहरी प्रधान कार्यालयमा आयोजित अनलाइन ट्राफिक सचेतना कक्षा शुभारम्भ गर्दै गृहमन्त्री लेखकले आज आइतबार नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउन त्यसमा द्रुत विकास भइरहेको जानकारी दिए ।

    उनले भने- 'मन्त्रालयमा धेरै चाप अस्थायी प्रहरी चौकीमाग, अस्थायीलाई स्थायी र  प्रहरी चौकी स्तरोन्नती-स्थापनाको जोड देशव्यापी छ । नागरिकको प्रहरीप्रति विश्वास र आस्था बढेको छ ।'

    त्यसैगरी नेपाल प्रहरीको विधयेक ल्याउन लागिएको बताउँदै मन्त्री लेखकले केही दिनपछि प्रतिनिधीसभाको राज्य व्यवस्था समितिमा पुनः विधयेकमाथिको छलफल सुरु हुने धारणा राखे । उनले भने- 'प्रहरी कर्मचारीमा हवल्दारसम्म १६ वर्षमै पेन्सन पाउने गरेर अवकासमा जाने गरेर व्यवस्था विधयेकमा गरिएको छ । प्रहरीको उच्च मनोवलका साथ कार्यदक्षता बढ्न सकोस भनेर प्रहरी संगठनलाई तुलनात्मक रुपले राम्रोसित आगामी बर्षका लागि बजेट बिनियोजन गरिएको छ ।'

    आम नागरिकसित राम्रो व्यवहार गरेर नम्रतापूर्वक सेवा प्रवाह गर्न मन्त्री लेखकले निर्देशन दिए । अनलाइन सचेतना कक्षा संचालनमा आएसँगै अब ट्राफिक प्रहरी कार्यालय पुगेर सचेतना कक्षा लिनुपर्ने बाध्यतात्मक अवस्था हट्ने छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार