शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मन्त्रीको ‘घुस डिल’ को विषयमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ

मन्त्रीको ‘घुस डिल’ को विषयमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ

‘अनियमितता ढाकछोप गर्नु सरकारको नियमित कार्य जस्तै’

आषाढ २९, २०८२ आइतवार
आषाढ २९, २०८२ आइतवार
  • मन्त्रीको ‘घुस डिल’ को विषयमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन गरेको ‘घुस डिल’ बारे प्रधानमन्त्रीको जवाफ मागेको छ । माओवादी केन्द्रकी सांसद दुर्गा राईले आज (आइतबार) प्रतिनिधिसभामा बोल्दै मन्त्रीले घुसको लिड गरेको अडियो सार्वजनिक भएकोबारे सञ्चारमाध्यममा समाचार आइरहेको बताइन् । ‘घुस डिलको विषयमा सार्वजनिक समाचार प्रशारण भइरहँदा चुप लागेर बस्ने हो ?,’ उनले भनिन्, ‘मन्त्रीजीको घुस डिल बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन् ? यस्तो प्रकारका मन्त्रीहरूले नैतिकता देखाउने विषय त टाढाको बन्दैछ ।’

    प्रधानमन्त्रीले घुस आफूले पनि लिन्नँ र अरुलाई पनि लिन दिन्नँ भनेर नपुग्ने भन्दै सांसद राईले प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे संसद्लाई जवाफ दिनुपर्ने भन्दै रुलिङको माग गरिन् । ‘प्रधानमन्त्रीले म घुस पनि लिन्नँ, अरुलाई पनि लिन दिन्नँ टुक्काले पुग्छ कि पुग्दैन ?,’ उनको भनाइ छ, ‘सम्मानीय प्रधानमन्त्रीले यो विषयमा के हो भन्ने संसद्‍मा प्रष्ट राख्नका लागि सभामुखबाट रुलिङको माग गर्दछु ।’

    ‘अनियमितता ढाकछोप गर्नु सरकारको नियमित कार्य जस्तै’
    नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले अनियमितताको ढाकछोप गर्नु सरकारको नियमित कार्य जस्तै भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले वर्तमान सरकार ठूलो हुंकारसहित गठन भएको भन्दै एक वर्ष समेत पूरा गरिसकेको अवस्थामा संविधान संशोधनको चर्चा त हुनै छोडिसकेको बताए ।

    जनसरोकारका विषयहरूमा सरकार बेखबर बन्दै गएको आरोप लगाए । सरकार राज्यका सबै अंगहरूलाई आफ्नो प्रभावमा पारेर आफ्नो स्वेच्छाचारी कदमहरूलाई ढाकछोप र पुष्टि गर्ने कसरत गरिरहेको बताए । सांसद बस्नेतले सरकार विपद्को पूर्व तयारीप्रति बेखबर रहेको आरोप लगाए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार