शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

घर छेउमै हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु

घर छेउमै हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु

आषाढ २९, २०८२ आइतवार
आषाढ २९, २०८२ आइतवार
  • घर छेउमै हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु

    मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–८ बाँसबारीकी अन्दाजी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

    अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी आफ्नै घर नजिकको खेतमा पानी लगाउन गएका बेला बिहान ३ बजेतिर हात्तीले अमिनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

    हात्तीले आक्रमण गर्दा अमिना गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल ल्याइएको थियो ।

    उपचारका क्रममा बिहान ८ः४० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । बन्दनाले भने भागेर ज्यान जोगाएकी छन् । स्थानीयले होहल्ला गर्न थालेपछि हात्ती जंगलतिर लागेको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार