शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी

राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी

आषाढ २८, २०८२ शनिवार
आषाढ २८, २०८२ शनिवार
  • राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक विवाद बढेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले केहि दिनअघि पार्टीको अनुशासन समितिमा रोशन कार्कीलाई नियुक्त गरेका थिए भने सगुन लावतीलाई प्रवक्ताबाट हटाएपछि विवाद बढेको हो ।

    यसअघि अनुशासन समितिको अध्यक्षमा नवराज सुवेदी रहेका थिए । सुवेदी हाल राजसंस्था फर्काउने जनान्दोलन समितिको संयोजक रहेका छन् । 

    पार्टीका महामन्त्री धवलशम्शेर राणाले आफ्नो नेतृत्वमा अध्यक्ष लिङ्देनविरुद्ध मोर्चाबन्दी शुरु गरेका छन् ।   राणाको नक्सालस्थित सचिवालयमा भएको छलफलमा ५० भन्दा बढी केन्द्रीय सदस्य सहभागी रहेको दाबि गरिएको छ ।

    उनीहरुले अध्यक्ष लिङ्देनले पार्टीको विधान विपरीत काम गरेको आरोप लगाएका छन् । राणासहित पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष: डा. प्रकाशचन्द्र लोहनी,  पूर्वमन्त्री तथा कार्यसम्पादन समिति सदस्य, हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, महामन्त्री कुन्तीकुमारी शाही, प्रवक्ता, सगुन सुन्दर लावतीलगायतले अध्यक्ष लिङ्देनले मनोमानी ढंगले निर्णय गर्दै गएको भन्दै असन्तुष्टि जनाएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार