शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

युनेस्कोले लुम्बिनीलाई सम्भावित खतराको सूचीबाट हटायो

युनेस्कोले लुम्बिनीलाई सम्भावित खतराको सूचीबाट हटायो

आषाढ २७, २०८२ शुक्रवार
आषाढ २७, २०८२ शुक्रवार
  • युनेस्कोले लुम्बिनीलाई सम्भावित खतराको सूचीबाट हटायो

    शिक्षा, विज्ञान तथा संस्कृतिको क्षेत्रमा काम गर्दै आएको संयुक्त राष्ट्रसंघीय संगठन–युनेस्कोले विश्व सम्पदास्थल लुम्बिनीलाई सम्भावित खतराको सूचीबाट हटाएको छ । फ्रान्सको पेरिसमा भइरहेको युनेस्को वल्र्ड हेरिटेज कमिटीको ४७औं सत्रले लुम्बिनीमा संरक्षणमैत्री र सुधारका काम भइरहेकाले एक वर्षका लागि खतराको सूचीमा नराख्ने निर्णय गरेको हो ।

    बुल्गेरियाका प्राध्यापक निकोले नेनोवको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकले लुम्बिनीको समग्र अवस्था बुझ्न ‘रिएक्टिभ मनिटरिङ मिसन’ पठाउने निर्णय समेत गरेको छ । यो मिसनले स्थलगत अवलोकन गरेर दिने प्रतिवेदनका आधार पुनः लुम्बिनी खतराको सूचीमा पर्ने वा नपर्ने निर्णय हुने सत्रमा सहभागी लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए ।

    यसअघि सन् २०२२ मा वल्र्ड हेरिटेज सेन्टर र सम्पदा क्षेत्रको संरक्षणमा काम गर्ने संस्था इकोमसले सम्पदाविज्ञ रोलेन लिन र प्राध्यापक कारिया संलग्न रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाएको थियो । उनीहरूले दिएको प्रतिवेदनका आधारमा सन् २०२४ मा लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राखिएको थियो ।

    यसपछि लुम्बिनीलाई खतराको सूचीबाट हटाउन विभिन्न पहल गरिएको थियो । लुम्बिनी संरक्षणका लागि बनाइएको एकीकृत व्यवस्थापन संरचना र खण्डित रणनीतिक योजनालाई युनेस्कोले सकारात्मक मानेको जनाइएको छ । यस्तै लुम्बिनीमा पुरातात्त्विक वस्तुको संरक्षण, आगन्तुक व्यवस्थापन साथै अशोक स्तम्भको संरक्षण, सरसफाइ र सिपेज हुन नदिन प्रविधि प्रयोग गरिएकामा युनेस्कोले राम्रो मानेको छ । लुम्बिनीलाई सम्भावित खतराको सूचीबाट हटाउन गहन, विस्तारित र नतिजामुखी योजना बनाएर काम गरिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार