शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अवैध लागूऔषधसहित १५ जना पक्राउ

अवैध लागूऔषधसहित १५ जना पक्राउ

आषाढ २५, २०८२ बुधवार
आषाढ २५, २०८२ बुधवार
  • अवैध लागूऔषधसहित १५ जना पक्राउ

    कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित शिवराज नगरपालिका-१ बनकसबासा बस्ने २२ वर्षीय सुमन चुदारोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट  खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    कैलाली, बर्दगोरिया गाउँपालिका-४ मुडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने ३४ वर्षीय अरूण बादीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

    झापा, भद्रपुर नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५ ग्राम ८० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका-५ बस्ने ५५ वर्षीय नशरुदिन मिँया र भारत बिहार किशनगञ्ज घर भएका ३५ वर्षीय मनिसुर आलम रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएक प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    बाँके, खजुरा गाउँपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय दुर्जन बर्मालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

    यसैगरी बाँके, खजुरा नगरपालिका-४ एफ गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित कोहलपुर नगरपालिका-१५ बस्ने २१ वर्षीय नागेन्द्र क्षेत्रीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

    मोरङ, बेलबारी नगरपालिका-३ मिरमिरे चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो पदार्थ करिब १ ग्राम ६ मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय पुष्पा थापा र ३० वर्षीय बुद्दराज राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

    चितवन, राप्ती नगरपालिका-१० स्वामीटारबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित मकवानपुर राक्सिराङ्ग गाउँपालिका-६ बस्ने २१ वर्षीय बादल प्रजालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले किरनटारबाट भण्डारातर्फ आउँदै गरेको ना.५८ प ४८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

    रूकुम पश्चिम, मुसिकोट नगरपालिका-५ सेरीगाउँ डेरा गरी बस्ने सोही नगरपालिका-१० चुना बस्ने १९ वर्षीय देबराज बोहरालाई नियन्त्रित लागूऔषध नाईट्राजेपाम २२ ट्याब्लेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

    सुनसरी, बराहक्षेत्र नगरपालिका-६ मुनाल चोकस्थित एयर क्याफे होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-६ बस्ने २० वर्षीया रोसिता गिरी, सोही नगरपालिका-९ बस्ने २० वर्षीया रस्मिता राई, ईटहरी उपमहानगरपालिका-३ बस्ने २२ वर्षीय समित राई र सोही उपमहानगरपालिका-५ बस्ने २० वर्षीय प्रसाङ ढकाल रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

    कञ्चनपुर, भीमदत्त नगरपालिका-३ बस्ने ३० वर्षीय ललित जोशीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार