शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

संसदमा रास्वपाको प्रश्न : देश टुक्रिन्छ भन्नेलाई के कारबाही हुन्छ ?

संसदमा रास्वपाको प्रश्न : देश टुक्रिन्छ भन्नेलाई के कारबाही हुन्छ ?

आषाढ २३, २०८२ सोमवार
आषाढ २३, २०८२ सोमवार
  • संसदमा रास्वपाको प्रश्न : देश टुक्रिन्छ भन्नेलाई के कारबाही हुन्छ ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) का सांसद मनीष झाले सांसद डा. अमरेशकुमार सिंहको अभिव्यक्तिमा आपत्ति जनाउने सांसदहरूमाथि प्रतिप्रश्न गरेका छन् । उनले सरकारमा दुई मन्त्रीसहित सहभागी रहेको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोककुमार यादवले ‘मधेस नेपालबाट अलगिन सक्छ’ भन्दै दिएको अभिव्यक्तिबारे सत्तारुढ दलहरूको धारणा के हो भन्दै प्रश्न गरेका हुन् ।

    आज (सोमबार) को प्रतिनिधिसभा बैठकको आकस्मिक सममा बोल्दै झाले भने, ‘सत्तापक्षका माननीय ज्यूहरू स्वतन्त्र सांसद माननीय अमरेशकुमार सिंहको भनाइ सच्याउन र संसद्को रेकर्डबाट हटाउन माग गर्दै हुनुहुन्थ्यो । तर, अहिले गठबन्धनका दुई थान मन्त्रालय लिइरहनु भएको दलका एक जना नेताले भिडियो म्यासेजमार्फत टुक्र्याउने धम्की दिनु भएको छ । उहाँलाई अब के गर्नु हुन्छ ?’

    ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को कुलिङ पिरियडमा भएको छेडखानीमा जुन पार्टीको सांसदमाथि प्रश्न उठेको छ, त्यही पार्टीको नेताको नेतृत्वमा संसदीय विशेष छानबिन समिति बनाउन लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै रास्वपा प्रवक्ता मनिष झाले एक वर्ष अगाडि आफैले राखेको धारणा भुलेर जसको विषयमा आशंका उब्जिएको हो, त्यसको नेतृत्वमा समिति बन्न लागेको भन्दै आपत्ति जनाएका हुन् ।

    अघिल्लो वर्ष रास्वपा सभापति रवि लामिछानेबारे सहकारीको विषयमा कुरा उठेर संसदीय छानबिन समिति बनाउने कुरा हुँदा रास्वपालाई समितिको नेतृत्व दिन नहुने अन्य दलले बताएका थिए । अहिले संघीय निजामती कर्मचारी विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गर्दा कुलिङ पिरियडबारे गडबडी भएको थियो । समितिको सभापति रामहरि खतिवडा छन् । उनी कांग्रेसका सांसद हुन् । छानबिन समितिको नेतृत्व कांग्रेसले लिने सहमति दलहरूबिच भएको छ । त्यसबारे रास्वपाले आपत्ति जनाएको हो । विरोध गरे पनि प्रवक्ता झाले समितिमा पार्टीको प्रतिनिधित्व हुने बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार