शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नाला र भक्तपुर सडक फेरि अवरुद्ध

नाला र भक्तपुर सडक फेरि अवरुद्ध

आषाढ २३, २०८२ सोमवार
आषाढ २३, २०८२ सोमवार
  • नाला र भक्तपुर सडक फेरि अवरुद्ध

    काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्ड अवरुद्ध भएको छ ।

    सो सडक खण्डको पुण्यमाता खोलामा भाँचिएको पुलमा ह्युम पाइप राखेर सडक खुलाइएको भएपनि गएराती आएको बाढीले ह्युम पाइपमाथि राखेको माटो बगाएर लागेपछि सडक अवरुद्ध भएको हो । 

    यस अघि शनिबार बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको सडक आइतबार ह्युम पाइप राखेर सुचारू गरिएको थियो ।  

    यो सडक काठमाडौँ आउने र जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । २०३७ मा निर्माण भएको सो पुल ४५ बर्षपछि भाँचिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार