शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

माझी समुदायको भाषा जोगाउन प्रशिक्षण

माझी समुदायको भाषा जोगाउन प्रशिक्षण

आषाढ २१, २०८२ शनिवार
आषाढ २१, २०८२ शनिवार
  • माझी समुदायको भाषा जोगाउन प्रशिक्षण

    आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी युवा लागेका छन् । बुढापाकासँग आफूले सिकेर भाषा र संस्कारका विषयमा अन्तर पुस्ता हस्तान्तरण पनि गराइरहेका छन् ।

    विशेषगरी नदीकिनारमा बसोवास गर्ने माझी समुदायका मानिसले आफ्नो भाषा र संस्कृति हराउने सम्भावना बढेपछि माझीको सामाजिक विषयवस्तुमा छलफल गर्ने एकीकृत गर्न ती समुदायका विभिन्न १० स्थानमा भाषा तथा संकृतिका बारेमा बालबालिकालाई प्रशिक्षण दिइरहेको छ । भाषा र संस्कृति जोगियो भने मात्र माझीको पहिचान जोगिने भएकाले आफ्नो पहिचान जोगाउन पनि यस्ता कार्यक्रम माझी समुदायको टोलटोलमा गरिएको मन्थली नगरपालिका–८ गाइखुराका वालकृष्ण माझीले बताए ।

    रामेछापको मन्थली नगरपालिकास्थित गाइखुरा, जखनिटार, हाटेचउर, कुनाउरी, रुमालेचोक। हात्तिटार, सेलेघाट भटौली र खाँडादेवी गाँउपालिकाको रजगाँउ गरी माझी समुदाय रहेको विभिन्न स्थानमा माझीरुको भाषा र संस्कृतिका वारेमा पढाइ हुने गरेको छ । पछिल्लो पुस्ताले भाषा, संस्कृति धर्म संस्कार नविर्सिउन भनेर जिल्लाका १० स्थानमा आफ्नो संस्थाको आयोजनामा यो कार्यक्रम सञ्चालनमा रहेको मजे सावा रामेछापका संयोजक श्रीबहादुर माझीले बताए ।
    माछा मार्नु, बिभिन्न घाट तथा नदीमा डुङ्गा चलाउनु माझी समुदायको पुख्यौली पेशा हो । नदी तथा खोलामा विषादी हालेर माछा मार्ने क्रम बढेको र अधिकांश नदी तथा घाटमा मोटरेबल तथा झोलुङ्गे पुल बनेका कारण अहिले उनीहरुको पुख्र्यौली पेशा लोप हुने अवस्थामा पुगको छ । भाषा र सस्कृति जोगाउने कामका लागि प्रशिक्षण गर्न आदिवासी हिमाली समाजले आर्थिक सहयोग गरेको छ ।

    संघीय तथा स्थानीयस्तरका भाषाविज्ञलाई परिचालन गरी हरेका दिनको बिहान दिनको दुई घण्टा माझी भाषासहित संस्कार र संस्कृतिका बारेमा पढाउने गरिएको छ । यो भाषा पढेपछि आफू जस्ता बालबालालिका धेरैलाई माझी भाषा र संस्कृतिसम्बन्धि जानकारी भएको ले यो कायर्कक्रम फाइदाजनक भएको स्थानीय विद्यार्थी सम्रता माझीले बताइन् ।

    रामेछापमा मझी भाषा मात्र हैन, हायुको भाषा, मगरको भाषा, नेवारी समुदायको भाषाजस्ता भाषा लोप हुने अवस्थामा छन् । स्थानीय सरकारले आफ्नो पालिकामा रहेका विभिन्न जातजाति, भाषा, धर्म तथा संस्कृति जोगाउन आवश्यक पहल गर्न सके माझीको मात्र हैन सबै जातजातिको भाषा र संस्कृति जोगिने स्थानीय समाजसेवी गुन्जबहादुर बताउँछन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार