शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

वीपी राजमार्गमा अझै एक महिना राति गाडी चलाउन रोक

वीपी राजमार्गमा अझै एक महिना राति गाडी चलाउन रोक

आषाढ २०, २०८२ शुक्रवार
आषाढ २०, २०८२ शुक्रवार
  • वीपी राजमार्गमा अझै एक महिना राति गाडी चलाउन रोक

    वीपी राजमार्गमा थप एक महिना रातको समयमा गाडी चलाउन रोक लगाइएको छ । यात्रुवाहक गाडीलाई रातको समयमा वीपी राजमार्ग हुँदै सिन्धुलीको खुर्कोटबाट काठमाडौँ आउन रोक लगाइएको समय थपिएको हो ।

    काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकले मनसुन सक्रिय अवस्थामा नै रहेकाले विपद्को अवस्था सिर्जना हुन नदिन थप ३० दिन निजी र सार्वजनिक यात्रुवाहक गाडी चलाउन नदिने निर्णय गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म गाडीलाई रोक लगाएको हो । यसअघि असार २० गतेसम्म गाडी चल्न रोक गाइएकोमा थप ३० दिन थपिएको प्रशासनले जनाएको छ ।

    b(5).png

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार