शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

संविधानसभा सदस्य यादवको निधन

संविधानसभा सदस्य यादवको निधन

आषाढ १८, २०८२ बुधवार
आषाढ १८, २०८२ बुधवार
  • संविधानसभा सदस्य यादवको निधन

    संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता रामअयोध्या प्रसाद यादवको ७२ वर्षको उमेरमा निधन भएको छ ।

    बाराको सुवर्ण गाउँपालिका – २ कवहीजगात निवासी यादवको बुधबार बिहान वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । यादव मधुमेहबाट पीडित थिए । यादवको स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको थियो ।

    यादव २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । यादव नेपाली कांग्रेस बाराका पूर्व जिल्ला सचिव तथा पार्टीको महासमिति सदस्य हुन् ।

    स्व. यादवका दुई छोरा, दुई छोरी र श्रीमती छन्। पारिवारिक स्रोतका अनुसार उनको अन्त्येष्टि बुधबार दिउँसो १ बजे आफ्नै गाउँ कवहीमा गरिनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार