शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रुपन्देही- ३ मा तीन पार्टीलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनुपर्छ: सागर ढकाल

रुपन्देही- ३ मा तीन पार्टीलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनुपर्छ: सागर ढकाल

आषाढ १७, २०८२ मंगलवार
आषाढ १७, २०८२ मंगलवार
  • रुपन्देही- ३ मा तीन पार्टीलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनुपर्छ: सागर ढकाल

    आगामी कार्तिक १७ गते रुपन्देही-३ मा उपनिर्वाचनको मिति तय भएपछि अब उम्मेदवारको चर्चा शुरु भएको छ ।

    यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाउने चर्चा रहेका सागर ढकालले रुपन्देही-३ मा इतिहास रच्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै सागरले रुपन्देही- ३ को यस उपनिर्वाचनमा एक तिरले ३ पार्टीहरूलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनुपर्ने टिप्पणी गरेका छन् ।  

    उनले भनेका छन्-  चितवन २ मा रविको ५४,१७६ र काठमाडौँमा बालेनको ६१,७६७ मत । अब रुपन्देही ३ मा करिब ९०,००० मत छन् त्यसमा तपाइ हामीले ६२,००० मत पार गर्नुपर्छ र नेपालको इतिहास रच्नुपर्छ । काँग्रेस एमाले मावोवादि एउटै हुन् यिनको राणा शासनको अन्त्य ८४ मा गर्नको लागि सुरुवात यहाँबाट गर्नुपर्छ। जनतालाई झोले र पार्टीका कार्यकर्ता बाहेक केही नसोच्ने यो ३ पार्टीको घेरा बेजोडले तहस नहस हुने गरी तोड्नु पर्छ। यो रुपन्देही ३ को एक तिरले ३ पार्टीहरूलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनु पर्छ। यो चुनाव जनता भर्सेस राणा शासन हो। दुई तिहाइ सरकारलाई नारायणगढ बुटवल सडक खण्डमा हामीमाथि गरेको अत्याचार पोख्ने बाटो हो । झोले अदालतलाई नेपाली अदालत बनाउने बाटो हो ।

    कुलमानको बत्ती निभाउने राक्षसहरूको अन्त्य गरेर नेपाली जनताको अनुहारमा आशा र उज्यालो छर्ने दिन हो । जसरी गएको चुनावमा पुरै नया अनुहारहरु स्थापित गरिदिनु भयो अब फेरि पालो आएको छ । रुपन्देही ३ का मेरो प्यारो जनता यो हजुरको क्षेत्रको मात्र चुनाव होइन देशको चुनाव हो र देशको पिडा, आशु र आवाज बोल्न तयार भएर बस्नुहोला । नेपाली जनताले जित्ने मात्र होइन सफा चट् क्लिन स्विप गर्ने हो, सफा चट् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार