शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते

ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते

आषाढ १७, २०८२ मंगलवार
आषाढ १७, २०८२ मंगलवार
  • ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते

    पूर्व पश्चिम राजमार्थअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा भारतीय लरी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

     सहचालक घाइते भएका छन् । बनारसवाट हेटौंडा–१५ स्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगका निम्ति कोइला लिएर आएको यूपी ६१ एटी ०९६२ नम्बरको ट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा नाम थर नखुलेका चालकको ट्रकमै च्यापिएर मृत्यु भएको हो ।

    सहचालक भारत गाजिपुरका २६ वर्षीय मनोज यादव घाइते भएका छन् । उनको उपचार हेटौंडा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।

    मंगलबार बिहान साढे २ बजे रातोमाटेको चार्जिङ स्टेसन नजिकै ब्रेकफेल भएर ट्रक पल्टिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार