शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कर्मचारी आधा कटौती गरेर करारमा राखौं, टेबलको शासन अन्त्य गरौं: जनार्दन शर्मा

कर्मचारी आधा कटौती गरेर करारमा राखौं, टेबलको शासन अन्त्य गरौं: जनार्दन शर्मा

आषाढ १५, २०८२ आइतवार
आषाढ १५, २०८२ आइतवार
  • कर्मचारी आधा कटौती गरेर करारमा राखौं, टेबलको शासन अन्त्य गरौं: जनार्दन शर्मा

    प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले स्थायी कर्मचारी आधा कटौती गरेर करार सेवामा कर्मचारी राख्नुपर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधि सभाको आज (आइतबार) को बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री समेत रहेका शर्माले यस्तो प्रस्ताव गरेका हुन् ।

    सांसद शर्माले भने, ‘अब यहाँ साधारण खर्च हामीले नधान्ने अवस्थामा आजको भरिभराउ कर्मचारीलाई आधा कटौती गर्नुपर्छ भन्ने मान्यता मैले राख्दै आएको छु, मेरो भनाइ राख्दै आएको छु । त्यसलाई पनि यसले आज सम्बोधन गर्नुपर्छ र अब करारमा, करार सेवामा, सेवा करारमा राखेर काम परिणाममुखी काम गर्नुपर्छ । भद्दा संरचना, परिणामविहीन संरचनाको अर्थ छैन ।’

    सांसद शर्माले देशमा प्रधानमन्त्रीलाई मात्रै कार्यकारी अधिकार रहेको अवस्थामा टेबल–टेबलमा कर्मचारीले शासन गर्ने गरेको भन्दै यसलाई अन्त्य गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

    उनले भने, ‘आज देशमा देशको कार्यकारी भूमिका भनेको कार्यकारी अधिकार भनेको प्रधानमन्त्रीमा निहित छ । प्रधानमन्त्रीले नै शासन गर्नुपर्ने बेलामा यो देशमा शासन प्रधानमन्त्रीले होइन, टेबल–टेबलमा शासन हुने गरेको छ । मैले विगतदेखि यो कुरा उठाउँदै आएको छु । यो टेबल–टेबलको शासनलाई अन्त्य गर्ने गरी, कार्यकारी प्रमुखले नै यसलाई शासन गर्ने व्यवस्था हामीले कसरी गर्छौ भन्ने लगायतका विषय यहाँ आज रहेका छन् ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार