शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

म र विद्या भण्डारीबाट बम-बारुद पडकिदैन, आशा नगरे हुन्छ: प्रधानमन्त्री ओली

म र विद्या भण्डारीबाट बम-बारुद पडकिदैन, आशा नगरे हुन्छ: प्रधानमन्त्री ओली

आषाढ १४, २०८२ शनिवार
आषाढ १४, २०८२ शनिवार
  • म र विद्या भण्डारीबाट बम-बारुद पडकिदैन, आशा नगरे हुन्छ: प्रधानमन्त्री ओली

    प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुले एमाले आजबाट ध्वस्त हुन्छ भन्ने आशा गरेको बताएका छन्  ।  

    शनिबार राष्ट्रिय सभामा मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एमाले एक रहेको र एक भएर अगाडी जाने बताउदै विरोधीहरुले आशा गरे जस्तो आफु र विद्या भण्डारीबीच विवाद नहुने बताए  । 

    उनले भने- 'यस कार्यक्रमबाट विभिन्न आशा गरेका छन् । यहाँ मैले एकदम बम पडकाउछु, विद्या भण्डारीले बम पड्काउनुहुन्छ, ड्याङडाङ डुङडुङ, यहिबाट एमाले ध्वस्त हुन शुरु हुन्छ, यो सपना देखेर बसेका छन् । कुनै बम बन्दुक बारुद गोला पडकिदैन आशा नगरे हुन्छ, एमाले एक छ, एक रहन्छ । आशा पनि कस्ता कस्ता आशा गरेको ।'

    ओलीले सम्बोधनका क्रममा मदन भण्डारीलाई आफुहरुकै पहलमा महासचिव बनाएको उल्लेख गर्दै अहिले मदनको जबजको लागु गरिरहेको बताए । उनले जबज अलमलको सिद्धान्त नभएर मार्गदर्शनको सिद्धान्त भएको बताउदै एक भएर अगाडी बढ्नुपर्ने बताए ।

    ओलीले भने- 'जनताको बहुदलीय जनवादको पृष्ठभूमी या त्यसको आधारको विचारहरु तय गर्ने कुरामा मदन भण्डारीको अगुवाइ थियो । मदन भण्डारी महासचिव बन्ने कुरामा मदन भण्डारीको अगुवाइ थिएन, हाम्रो अगुवाइ थियो, अरु साथीहरुको अगुवाइ थियो । मदन भण्डारीले म बन्छु भन्नुभएको थिएन, हामीले नै बनाएका थियौं ।'

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार