शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एसइईको नतिजामा उल्लेख्य सुधार

एसइईको नतिजामा उल्लेख्य सुधार

आषाढ १३, २०८२ शुक्रवार
आषाढ १३, २०८२ शुक्रवार
  • एसइईको नतिजामा उल्लेख्य सुधार

    एसइईको नतिजामा उल्लेख्य सुधार भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले शुक्रबार सार्बजनिक गरेको नतिजा अनुसार यस बर्ष ६१.८१ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । जबकी गत बर्ष ४७.८६ प्रतिशत मात्र ग्रेडेड भएका थिए ।

    गत बर्ष ५२.१४ प्रतिशतले ननग्रेड ल्याएपछि शिक्षा क्षेत्र तरंगित बनेको थियो भने सरकारले विशेष निर्णय गरेर सबैलाई मौका परिक्षा दिने व्यवस्था समेत गरेको थियो ।

    यस बर्ष भने ३८.१९ प्रतिशतको ननग्रेड आएको छ । जुन संख्यामा एक लाख ६७ हजार ५९७ रहेको छ । गत बर्ष ननग्रेड आउनेको संख्या २ लाख ४२ हजार ३१३ रहेको थियो ।  

    यस पटक जीपिएमा पनि सुधार देखिएको छ । यस पटक ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेको छ भने गत बर्ष यो संख्या ३१ हजार २०९ रहेको थियो । त्यस्तै यस बर्ष ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ८१ हजार ३८५ रहेको छ भने गत बर्ष यो संख्या ६८ हजार २५६ रहेको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एसईईको नतिजामा सुधार भएकोमा खुशी व्यक्त गरेका छन् । ओलीले यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेको उल्लेख गर्दै गत वर्ष  ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गरेकोमा यस बर्ष नतिजामा सुधार आएको उल्लेख गरेका छन् । 

    उनले भनेका छन्- 'बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ । ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ । सबै भाइबहिनीहरूलाई बधाई !'

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार